सोमबार, असोज ११, २०७८

​​​​​​​सडकमा हिँडिरहेका व्यक्तिको करेन्ट लागेर मृत्यु

ज्योतिन्यूज २०७८ भदौ २९ गते १८:३९

इलाम – इलामको सूर्योदय नगरपालिका-१० फिक्कल बजारमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । बिजुलीको तार चुडिएर करेन्ट लाग्दा सडक पेटीमा हिँडिरहेका अन्दाजी ४० वर्षीय पुरुषको मृत्यु भएको हो ।

मृतकको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । मृतकको मानसिक सन्तुलनसमेत ठिक नभएको प्रहरीको भनाइ छ ।

उनी बजारमा मागेर गुजारा गर्ने व्यक्ति रहेको बताइएको छ । मृतकको शव पोष्टमार्टमको लागि प्राथामिक स्वास्थ्य केन्द्र फिक्कलमा राखिएको इलामका प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिए ।

प्रतिक्रिया