शुक्रबार, कार्तिक ५, २०७८

नेकपा एकीकृत समाजवादी गुल्मीको अध्यक्षमा श्रीराम महत

ज्योतिन्यूज २०७८ असोज १ गते १८:२३

गुल्मी । नेकपा एकीकृत समाजवादी गुल्मीको अध्यक्ष श्रीराम महत चयन भएका छन् । पार्टीले महतलाई जिल्ला अध्यक्षमा सिफारिस गरेको हो । त्यस्तै जिल्ला ईन्चार्जमा हिमाल थापाले जिम्मेवारी पाएका छन् ।

नेकपा एसकी प्रभावशाली नेत्री रामकुमारी झाँक्रीको गृहजिल्लामा महत र थापालाई संगठनको जिल्ला हाँक्ने जिम्मेवारी दिइएको हो ।

विभाजन अघि माधव नेपाल समूहमा रहेका एमाले सचिव गोकर्ण विष्ट एमालेमै रहने निर्णय गरेको कारण जिल्लामा नेकपा एस कमजोर रहेको चर्चा गर्ने गरिन्छ ।

यस अवस्थामा पार्टीलाई बलियो बनाउँदै लैजानुपर्ने जिम्मेवारी महत र थापाहरुले पाएका हुन् । जसलाई धेरैले चुनौति रहेको बताएका छन् । महतले उक्त चुनौतिलाई स्वीकार गर्दै पार्टी बनाउने अभियानमा लाग्ने बताएका छन् ।

नेकपा एमाले निकट अनेरास्ववियूमा लामो समयदेखि नेतृत्व गरेका उनी रेसुङ्गा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियनको अध्यक्ष पनि हुन् ।

भदौ ९ गते नेकपा एमाले विभाजन भइ नेकपा एकीकृत समाजवादी पार्टी निर्वाचन आयोगमा आधिकारिक रुपमा दर्ता भएको थियो ।

माधव कुमार नेपाल अध्यक्ष रहेको उक्त पार्टीले मिनभवनमा आफ्नो कार्यालय समेत स्थापना गरेको छ ।

प्रतिक्रिया