मंगलबार, कार्तिक २, २०७८

एसियन कप-२०२२ छनोटमा नेपालले आज फिलिपिन्सको सामना गर्दै

ज्योतिन्यूज २०७८ असोज २ गते ८:४३

काठमाडौँ– एएफसी महिला एसियन कप-२०२२ छनोट अन्तर्गतको पहिलो खेलमा नेपालले आज फिलिपिन्सको सामना गर्ने भएको छ ।

उज्वेकिस्तानको जेएआर स्टेडियममा खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

फिफा वरियतामा ३३ स्थानमा रहेको फिलिपिन्सविरुद्ध नेपालका लागि चुनौती छ । तर पनि नेपाली खेलाडी उच्च मनोबलका साथ मैदानमा उत्रिने छ । नेपाल फिपा वरियताको १०१ औँ स्थानमा रहेको छ ।

यस्तै विहीबार नेपालले दोस्रो खेलमा हङकङको सामना गर्नेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ । एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।

प्रतिक्रिया