शुक्रबार, कार्तिक ५, २०७८

परराष्ट्रमन्त्री खड्कालाई भारतका विदेशमन्त्रीको बधाई

ज्योतिन्यूज २०७८ असोज ७ गते ९:५८

काठमाडौं । नेपालको परराष्ट्रमन्त्रीमा डा नारायण खड्का नियुक्त हुनुभएकामा भारतका विदेशमन्त्री एस जयशङ्करले बधाई ज्ञापन गर्नुभएको छ ।

सामाजिक सञ्जालमार्फत भारतका विदेशमन्त्रीले खड्कालाई बधाई दिँदै उहाँसँग सहकार्य गर्न आफू प्रतीक्षारत रहेको बताउनुभएको छ । यसैबीच परराष्ट्रमन्त्री खड्का र भारतका विदेशमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता हुने सम्भावना प्रबल रहेको एक भारतीय कूटनीतिज्ञले न्युयोर्कबाटलाई बताउनुभयो ।

संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिने सिलसिलामा भारतका विदेशमन्त्री हाल न्यूयोर्कमा हुनुहुन्छ भने परराष्ट्रमन्त्री खड्का सोही सिलसिलामा आज अपराह्न त्यहाँ पुग्दै हुनुहुन्छ ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को वर्तमान अध्यक्ष नेपालले महासभाका सन्दर्भमा आयोजना गर्दै आएको सार्क मुलुकका परराष्ट्रमन्त्रीको अनौपचारिक बैठक यसपटक अफगानिस्तानको बदलिँदो राजनीतिक परिदृश्यलाई दृष्टिगत गरी स्थगन गरिएका बेला हुनलागेको नेपाल र भारतका विदेशमन्त्रीको भेटवार्तालाई महत्वपूर्ण मानिएको छ ।

प्रतिक्रिया