शुक्रबार, कार्तिक ५, २०७८

शक्तिशाली राष्ट्रमा कोरोना खोपको ठूलो मात्रा नष्ट हुँदै

ज्योतिन्यूज २०७८ असोज ८ गते १९:०२

काठमाडौं । जी–७ का सदस्य राष्ट्र र युरोपेली संघका देशमा कोरोना खोपको ठूलो मात्रा नष्ट हुने भएको छ ।

जी–७ का सदस्य राष्ट्र र युरोपेली संघका देशमा रहेको एक अर्बभन्दा बढी खोपमध्ये १० प्रतिशतको प्रयोग मिति यस वर्षको अन्त्यसम्म सकिने भएकाले खोपको ठूलो मात्रा नष्ट गर्नुपर्ने देखिएको विज्ञान सूचना तथा विश्लेषण कम्पनी एयरफिनिटीले जनाएको छ ।

एयरफिनिटीका अनुसार सबैभन्दा बढी ४१ प्रतिशत भ्याक्सिन युरोपेली संघमा मौज्दात छ भने अमेरिकामा ३२ प्रतिशत, बेलायतमा १३ प्रतिशत र क्यानडामा १२ प्रतिशत मौज्दात छ ।

प्रतिक्रिया