शुक्रबार, कार्तिक ५, २०७८

‘पठाओ’ को व्यावसायिक यात्रा सुरु भएको ३ वर्ष पूरा

ज्योतिन्यूज २०७८ असोज ९ गते १७:५९

काठमाडौं । जीवनशैलीलाई अझ सहज र सुरक्षित बनाउन सफल राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालको व्यावसायिक यात्रा सुरु भएको ३ वर्ष पूरा भएको छ ।

२५ सेप्टेम्बर २०१८ मा बाइकमा राइड सेयरिङमार्फत पठाओले सेवा सुरु गरेको थियो । नेपाल जस्तो विकासोन्मुख देशमा पठाओमार्फत मोटरसाइकल/स्कुटरमार्फत हजारौँलाई रोजगारीको अवसर सिर्जना गर्न सफल भएकोमा आफूहरु अझै उत्साहित भएको पठाओ नेपालका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले बताउनुभयो ।

९ अगस्ट २०१९ मा पठाओमा कार लाइट अर्थात ट्याक्सी सेवामा जोडिएको पठाओले ट्याक्सीको सेवालाई बार्गेनिङको झन्झट हटाउँदै गेटदेखि गेटसम्म पुगेको छ ।

अहिले काठमाण्डौमा पचास प्रतिशतभन्दा बढी ट्याक्सी चालक प्रविधिमैत्री हुँदै पठाओमा आबद्ध भएका बस्न्यातको भनाइ छ ।

राइड रेयरिङ सुरु गरेको दुई वर्षपछि २५ सेप्टेम्बर २०२० मा पठाओले होटल, रेस्टुरेन्ट तथा क्याफेका खाना डेलिभरी गराउँदै पठाओ फुड सुरु गरेको थियो ।

राइडर र सेवाग्राहीको सुरक्षालाई मध्यनजर गर्दै पठाओले राइड सेयरिङमा नेपालमै पहिलो पटक एभरेस्ट इन्स्योरेन्ससँगको सहकार्यमा बीमाको सुरुवात समेत गरेको छ ।

प्रतिक्रिया