शनिबार, मंसिर १८, २०७८

गुल्मी आएर मेटमणीले भने- केपी ओलीको पार्टी चाँडै पत्तासाफ हुन्छ

शिव सुवेदी २०७८ कार्तिक १ गते १७:५०

गुल्मी । नेपाल कम्युनिस्ट पाटी एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओलीका कारण कम्युनिस्ट पाटी पुनः गठन गरेको बताएका छन ।

एकीकृत समाजवादी पाटी गुल्मीको प्रथम भेलालाई सम्वोधन गर्दै नेता चौधरीले केपी वलीले नेतृत्व गरेको पाटीले कम्युनिस्ट आन्दोलन समाप्त गर्न थालेपछि नेपालमा कम्युनिस्ट पाटीको रुपमा एकीकृत समाजवादी गठन गरेको वताए ।

उनले नेपालमा रहेका कम्युनिस्ट पाटीहरुसगँ एकता गर्दै कम्युनिस्ट पाटीको नेतृत्व समेत एकीकृत समाजवादी पाटीले गर्ने दावी गरे ।

प्रतिनिधि सभा सदस्य समेत रहेका मेटमणिले केपी वली पाटीले आगामी निर्वाचनमा जनतासगँ मत माग्ने नैतिकता समेत गुमाएको वताए । अब केपी वलीले नेतृत्व गरेको पाटी चुनावमा हामीलाई विजयी वनाएर पठाउनुस हामी पटकपटक ससंद विघटन गरेर देखाउछौ भन्दै भोट माग्छन त ? उनले प्रश्न गरे, त्यसकारण केपी वली र उनको पार्टी नेपालवाट छिट्टै विलय भएर जान्छ ।

उनले कम्युनिस्ट पाटीको नाम वेचेर झापावाट पटकपटक निर्वाचन जित्ने केपी वलीले अवको निर्वाचनमा झापावाटै चुनाव जितेर देखाउन चुनौती दिए । कार्यक्रममा पाटीका केन्द्रीय सचिवद्वय भागवत विश्वासी, रामकुमारी झाँक्री, केन्द्रीय सदस्य राज्यलक्ष्मी गैरे, लुम्बिनी प्रदेश मन्त्री रमा घर्ती लगायतले बोलेका थिए ।

प्रतिक्रिया