शुक्रबार, माघ ७, २०७८

माओवादी केन्द्र लम्की चुहा नगर कमिटीको सचिवमा भुल विजयी

ज्योतिन्यूज २०७८ मंसिर १३ गते १९:०१

कैलाली । नेकपा (माओवादी केन्द्र) लम्की चुहा नगर कमिटि कैलालीको सचिवमा कमलबहादुर भुल विजयी भएका छन् । सचिवका प्रतिस्पर्धी दानबहादुर रावतलाई पराजित गर्दै भुल बिजयी भएका छन ।

शनिबार सम्पन्न दोस्रो अधिवेशनपछिको बन्दशत्रमा सदस्यबाहेक सबै पदमा सहमति जुट्न नसकेपछि आइतबार सम्पन्न निर्वाचनमा भुल सचिवमा विजयी भएका हुन् ।

भुल यस अघि एमाले र माओवादी केन्द्रसहितको नेकपाको नगरकमिटिको सबैभन्दा पाँच सदस्यीय सचिवालय सदस्य थिए । यस्तै उनी, लम्कि चुहा अस्पताल विकास समितिका सदस्य समेत थिए । यति मात्र नभई भुल पूर्व जनमुक्त सेना नेपालका पूर्व कमाण्डर पनि थिए । सदिक्षा फुड प्रोडक्ट कम्पनीका सञ्चालक पनि हुन् । यस्तै नगर कमिटिको अध्यक्षमा लालबहादुर कुमाल बिजयी भएका छन् ।

उपाध्यक्षमा कमल बटाला अर्को उपाध्यक्षमा रुपादेवी जैसी कोईराला र सत्यराज बिष्ट बिजयी भएका हुन । यस्तै सह सचिवमा कमल खनाल र कोषाध्यक्षमा पदमा केसीसहित ६५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

नव निर्वाचित पदाधिकारी तथा सदस्यको पदभार र सपथ ग्रहण सोमवार हुने निर्वाचन मण्डलका संयोजक सिवबहादुर थापाले जानकारी दिए । निर्वाचनमा दुइ वटा प्यानल निर्वाचनमा प्रतिस्पर्धामा थिए ।

प्रतिक्रिया