शुक्रबार, माघ ७, २०७८

बाग्लुङमा एक व्यक्ति मृत भटिए

ज्योतिन्यूज २०७८ मंसिर १९ गते १३:३७
सांकेतिक तस्बिर।

बाग्लुङ- ढोरपाटन नगरपालिका-२ टारीखेतस्थित बाँसको झ्याङमा हाल नाम, थर र वतन नखुलेकी करिब ५५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यस्तै मकवानपुर हेटौंडा उपमहानगरपालिका-९ खाद्यसंस्थान टोल बस्ने ३० वर्षीय लक्की शर्मा आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी मकवानपुर, थाहा नगरपालिका-३ डाँडागाउँ बस्ने ५५ वर्षीया राधिका परियार आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेकी छन् ।

काभ्रे, बेथानचोक गाउँपालिका-३ बस्ने ५१ वर्षीय चन्द्र कुमार तामाङ सोही ठाउँस्थित गोरखनाथ सामुदायिक वनमा शनिबार मृत अवस्थामा फेला परेका छन् । उक्त वनमा पत्कर\सेउला सोर्न गएकोमा बेलुकासम्म घर नआएपछि खोजी गर्ने क्रममा सोही ठाउँस्थित भीरबाट लडेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको हो ।

प्रतिक्रिया