शुक्रबार, माघ ७, २०७८

काठमाडौँ उपत्यकामा थप १४६ जनामा भेटियो कोरोनाभाइरस

ज्योतिन्यूज २०७८ मंसिर २२ गते १६:४२

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १००, ललितपुरमा ३१ र भक्तपुरमा १५ जना संक्रमित थपिएका हुन्।

यस्तै पछिल्लो २४ घण्टामा देशभर २८० जनामा संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ।

बुधबार ३६६ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ६ हजार २३९ सक्रिय संक्रमित रहेका छन्।

गत २४ घन्टामा ९ हजार १६८ पीसीआर तथा ३ हजार ६ एन्टिजेन परीक्षण भएको छ।

प्रतिक्रिया