शुक्रबार, माघ ७, २०७८

नेत्र अर्यालको ‘ठमेल असन’ मा बिनोद र नारायणी (भिडियोसहित)

काठमाडौं । लोक तथा दोहोरी गीत ‘ठमेल असन’ सार्वजनिक भएको छ ।

यतिबेलाका चर्चिक गायक खेम सेञ्चुरी र गायिका सुनिता बुढाथोकीको स्वर रहेको गीतमा नेत्र अर्यालको शब्द रहेको छ भने गायक स्वयम् सेञ्चुरीको संगीत रहेको छ ।

रमाईलो भाका र विषयबस्तुमा तयार पारिएको उत्क गीतमा कलाकार बिनोद भण्डारी, नारायणी खत्री र अर्जुन कुँवरको अभिनय रहेको छ ।

गीतमा आफूले मन पराएको मान्छेलाई प्रेमभाव प्रकट गरिएको भावलाई मुख्य विषयबस्तु बनाइएको छ ।

गीतलाई कलाकार स्वयम् भण्डारीले निर्देशन गर्नुभएको हो । अर्याल र सेञ्चुरीलाई सांगितिक क्षेत्रमा सफल जोडीका रुपमा पनि चिन्ने गरिन्छ ।

अर्याल र सेञ्चुरीका संयुक्त गीतहरु जति पनि बजारमा आएका छन् सबै उत्तिकै चर्चामा छन् भने दर्शक श्रोताले पनि धेरै मन पराएका छन् । गीतलाई नेत्र अर्यालको अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया