शुक्रबार, माघ ७, २०७८

नाइजेरियामा हट्याे ट्विटरमाथिको प्रतिबन्ध

ज्योतिन्यूज २०७८ पुष २९ गते ११:४८

एजेन्सी।
गत जुन महिनादेखि ट्विटरमाथि लगाएको प्रतिबन्ध नाइजेरिया सरकारले अन्ततः हटाएको छ । राष्ट्रपति मुहमदु बुहारीको एउटा विवादास्पद ट्विटपछि सात महिनाअघि सरकारले समाजिक सञ्जालको महत्वपूर्ण माध्यम ट्विटरमा प्रतिबन्ध लगाएको थियो ।

बुहारीले गरेको एउटा ट्विट कमेन्टलाई लिएर अन्तर्राष्ट्रिय स्तरमा चर्को विरोध भएपछि टविटरले जुन महिनादेखि नाइजेरियामा ट्विटरमा प्रतिबन्ध लगाएको थियो ।

प्रतिबन्ध हट्नुअघि सरकार र ट्विटर कम्पनीबीच भएको लामो छलफल भएको थियो । ‘राष्ट्रपति बुहारीले ट्विटरमाथि लगाएको प्रतिबन्ध फुकाउने विषयमा कम्पनीसँग सहमति जनाएका छन् ।

बुधबार राति १२ बजेदेखि नाइजेरिया ट्विटर पुनः सञ्चालनमा आएको छ ।। नाइजेरियामा ट्विटरमा प्रतिबन्धलाई लिएर अमेरिका, युरोपेली युनियन र क्यानडाले चाँसो देखाएका थिए ।

प्रतिक्रिया