शुक्रबार, माघ ७, २०७८

नुवाकोटको ऐतिहासिक पर्व गोरु जुधाई मेला रोकियो

ज्योतिन्यूज २०७८ पुष २९ गते १४:०२


काठमाडौं ।
नुवाकोटको चर्चित गोरु जुधाई मेला स्थगित गरिएको छ । बढ्दो कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यो वर्षको गोरु जुधाई मेला स्थगित गरिएको माघे संक्रान्ति गोरु जुधाई संरक्षण संस्थाका अध्यक्ष सूर्यमान श्रेष्ठले बताए ।

बिहीबार तारकेश्वस्थित संरक्षण संस्थाका अध्यक्ष सूर्यमान श्रेष्ठले सूचना जारी गरी बढ्दो ओमिक्रोन भेरियन्टको खतरालाई मध्यनजर गर्दै जिल्ला कोभिड–१९ व्यवस्थापनको निर्णयअनुसार प्रत्येक वर्ष माघ १ गते सञ्चालन हुने ऐतिहासिक पर्व गोरु जुधाई कार्यक्रम स्थगित गरिएको जानकारी दिएका छन् ।

अध्यक्ष श्रेष्ठले गोरु जुधाई कार्यक्रम स्थगित हुँदा पर्न गएको क्षतिप्रति सम्पूर्ण कृषक तथा दर्शकहरुसँग क्षमा समेत मागेका छन् ।

धादिङसँग सीमा जोडिएको नुवाकोटको तारकेश्वरमा (तारुका) प्रत्येक वर्ष माघे संक्रान्तिका दिन भव्य रुपमा गोरु जुधाई मेला लाग्ने चलन छ ।बझाङी राजा जयपृथ्वीबहादुर सिंहको मावली गाउँ तारुकामा भान्जालाई मावली आउँदा स्वागत गर्न गोरु जुधाएपछि तारुकामा गोरु जुधाउने परम्परा सुरु भएको बताईन्छ ।

नुवाकोटको बेत्रावतीमा भने नेपाल–चीन र भोट युद्धपछि गरिएको सम्झौताको सम्झनामा गोरु जुधाउनले परम्परा बसेको किंवदन्ती पाईन्छ । सोही अनुसार यस परम्परालाई अहिलेका पुस्ताले पनि पहिचानको रुपमा निरन्तरता दिइरहेका छन् ।

प्रतिक्रिया