शुक्रबार, माघ ७, २०७८

नेपाली नर्सलाई बेलायत लैजानेबारे औपचारिक वार्ता आजदेखि हुँदै

ज्योतिन्यूज २०७८ पुष ३० गते ९:३६

काठमाडौँ । नेपाली नर्सलाई बेलायतमा रोजगारीको अवसर दिनेबारे बेलायत र नेपालबीच औपचारिक वार्ता आजदेखि सुरु हुँदै छ ।

नेपाल र बेलायत सरकारले गठन गरेको वार्ता टोलीले आजदेखि औपचारिक रुपमा नर्स बेलायत लैजानेबारे छलफल गर्न लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले बताउनुभयो ।

बेलायत सरकारले पत्र पठाएपछि मन्त्रालयले दुबै पक्षबाट कार्यदल बनाएर वार्ता अघि बढाउन बेलायत सरकारलाई प्रस्ताव गरेको थियो ।

त्यसैअनुसार बेलायतले नेपालस्थित दूतावासका एक अधिकारीको नेतृत्वमा वार्ता टोली बनाएको छ । नेपाली वार्ता टोलीको नेतृत्व मन्त्रालयका सहसचिव राजीव पोखरेलले गर्दै हुनुहुन्छ ।

बेलायतसँग करार अवधि, श्रमिकको हित, सुविधा र छनोट विधिसहितका प्रक्रिया बारेमा छलफल हुने छ । वार्ता सफल भएमा बेलायतले नेपालबाट चरणबद्ध रुपमा नर्स लैजाने प्रवक्ता घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया