शुक्रबार, माघ ७, २०७८

२४ घण्टामै ५ हजार कोरोना संक्रमित थपिए, ३०६ जना निको भए

ज्योतिन्यूज २०७८ पुष ३० गते १६:३३

काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर ५ हजार भन्दा धेरै ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार ५ हजार ८७ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा ३०६ जना निको भएका छन् भने ३ जना संक्रमितको मृत्यु भएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ५६० जनामा कोरोना परीक्षण गरिएको थियो । यो हिसावले संक्रमणदर २४.७४ प्रतिशत देखिएको छ ।

देशभर कोरोनाका सक्रिय संक्रमित १८ हजार २३५ जना रहेका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ४५ हजार ५०१ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख १०८ जना पुगेको छ ।

संक्रमितमध्ये हालसम्म ८ लाख १५ हजार ६५३ जना निको भएका छन् । यस्तै हालसम्म कुल ११ हजार ६१३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया